तत्काल विवाहको योजना छैन : मलिना जोशी



मिस नेपालको उपाधि जितेपछि अभिनयमा होमिएकी मलिना जोशीले चलचित्र ‘ऋतु’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । त्यसयता उनले ‘झुम्की, द विनर, रानी, संरक्षण, तिमी हुन्छौं जहाँ जहाँ’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । तर, उनको करिअर सुखद् बन्न सकेको छैन । न त उनले आफूलाई अभिनेत्रीको रुपमा नै स्थापित गर्न सकेकी छन् । केही वर्षयता उनको हातमा चलचित्र समेत छैन ।

चलचित्रभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा आउने गरेकी मलिना तीन वर्षदेखि जिम ट्रेनर सुशान्त प्रधानको प्रेममा रमाइरहेकी छन् । उनी सुशान्तसँग विवाहको तयारीमा समेत रहेको चर्चा छ । प्रेमीसँगका तस्विरहरु सामाजिक सञ्जालमा राखिरहने मलिनाले बिहीवार इन्स्टाग्राममा फ्यानहरुले सोधेको प्रश्नको उत्तर दिने क्रममा एउटा नसोचेको प्रश्नको पनि उत्तर दिनु पर्‍यो ।

एक फ्यानले उनलाई सोधेका छन्, ‘तपाईंको आयस्रोत सुशान्त (प्रधान) कि मोडलिङ ?’ जवाफमा मलिनाले लेखेकी छन्, ‘तपाईंले के सोच्नुहुन्छ भन्ने कुरालाई मलाई फरक पार्दैन । तर, गएको दश वर्षदेखि मैले मेरो बिल आफैंले तिर्दै आएको छु ।’ अर्का फ्यानले बिहेको बारेमा सोधेको प्रश्नमा उनले तत्काल आफूले बिहेको योजना नबनाएको र सही समय आएपछि विवाह गर्ने बताएकी छन् ।

त्यस्तै, एक फ्यानले कमाईको स्रोतबारे सोधेको प्रश्नमा उनले आम्दानीको ७० प्रतिशत आफूले बचाउने गरेको र आफ्नो जीवनशैली महंगो नभएको स्पष्ट पारेकी छन् । उनले जवाफ दिँदै लेखेकी छन्, ‘म मोटो रकम कमाउँदिनँ । म निकै सरल जीवन जिउँछु । म अनावश्यक खर्च गर्दिनँ । त्यस्तो गर्ने समय गइसक्यो मेरो । कुनै महत्वपूर्ण चीज किन्नुभन्दा अगाडि समेत म दुईपटक सोच्ने गर्छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu