‘केजीएफ २’ मा यशदेखि सञ्जय दत्तसम्मको पारिश्रमिक कति ?



साउथ चलचित्र ‘केजीएफ : च्याप्टर १’ लाई दर्शकले निकै रुचाएका थिए । चलचित्रले बक्सअफिसमा आँधी ल्याएको थियो । यसकारण यो चलचित्रको दोस्रो पार्टको लामो समयदेखि प्रतिक्षा भइरहेको छ । सिक्वेलमा यशसँगै बलिउड सुपरस्टार सञ्जय दत्त, रवीना टन्डन महत्त्वपूर्ण भूमिकामा देखिँदैछन् । चलचित्रमा सञ्जय दत्त भिलेनको भूमिकामा प्रस्तुत भएकाले दर्शकको उत्साह झनै बढेको छ ।

‘केजीएफ’ को दोस्रो पार्टमा पनि यश रक्की भाईको चरित्रमा देखिनेछन्, जो चलचित्रको लिड क्यारेक्टर हो । पहिलो पार्टमा सामान्य पारिश्रमिक पाएका उनले दोस्रो पार्टमा भने आकर्षक पारिश्रमिक बुझेका छन् । उनले ‘केजीएफ २’ मा २५ करोड पारिश्रमिक पाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । साउथ इन्डस्ट्रीमा २५ करोड पारिश्रमिक पाउने थोरै मात्र अभिनेताहरु छन् ।

यशपछि ‘केजीएफ : च्याप्टर २’ मा सञ्जय दत्तले महंगो पारिश्रमिक पाएका छन् । अधीरा (भिलेन) को रोलमा देखिन लागेका उनले चलचित्रका लागि ९ देखि १० करोडसम्म पारिश्रमिक लिएको बताइएको छ । त्यस्तै, अभिनेत्री रवीना टन्डनले चलचित्रमा दुई करोड पारिश्रमिक पाएकी छन् । चलचित्रमा उनी रमिका सेनको चरित्रमा देखिनेछिन् । यो रोललाई लिएर उनी निकै उत्साहित छिन् ।

‘केजीएफ’ को पहिलो पार्टमा लिड अभिनेत्रीको रुपमा देखिएकी श्रीनिधि शेट्टीको दोस्रो पार्टमा पनि मुख्य भूमिका छ । उनले च्याप्टर २ मा ४ करोड पारिश्रमिक लिएको बताइन्छ । त्यस्तै, प्रकाश राजले ८० लाख र पहिलो पार्टमा टिभी न्यूज एंकरको भूमिकामा देखिएकी मालविका अविनाशले ६५ लाख पाएकी छन् । निर्देशक प्रशान्त नीलले भने चलचित्रमा १५ करोड पारिश्रमिक लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu