शिल्पा पोखरेलको भोजपुरीमा व्यस्तता बढ्दो



म्यूजिक भिडियोमा काम गरिरहँदा शिल्पा पोखरेलले चलचित्र ‘लज्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्ने अवसर पाएकी थिइन् । यसपछि उनले ‘मंगलम, वीरांगना, हवल्दार सुन्तली, बृन्दावन’ लगायतका चलचित्रमा अभिनय गरिन् । तर, छविराज प्रोडक्सनभन्दा बाहिरी ब्यानरको चलचित्रले उनको करिअरलाई उचाइँमा पुर्‍याउन सकेनन् । विगत केही समयदेखि उनको हातमा चलचित्र नभएको चर्चा छ ।

कोरोना महामारीभन्दा अगाडि उनले चलचित्र ‘जय शम्भु’ बाट भोजपुरीमा डेब्यू गरेकी थिइन् । यो चलचित्रले उनलाई भोजपुरीका लागि बाटो खुलायो । यसपछि चलचित्र ‘प्रेमगीत २’ मा अभिनय गरेकी उनी हालै दुईवटा भोजपुरी चलचित्रमा एकसाथ अनुबन्ध भएकी छन् । सोनु खत्रीको निर्देशनमा बन्न लागेको भोजपुरी चलचित्र ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा उनले काम गर्न लागेकी हुन् ।

दुवै चलचित्रमा उनले भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रोमान्स गर्नेछिन् । चलचित्रमा भोजपुरी अभिनेत्री अम्रपाली दुबेको पनि अभिनय रहनेछ । शुक्रवार दुई चलचित्रको घोषणा भएपछि भारतीय मिडियासँग कुराकानी गर्दै शिल्पाले भनेकी छन्, ‘म भोजपुरीमा एउटा मात्र चलचित्र गर्नका लागि आएको होइन, म आफ्नो स्थान बनाउन चाहन्छु । हेरौं, किस्मतले कहाँसम्म लैजान्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu