कोरोनाका कारण दुई यूनिट बनाएर ‘लाखे’ को छायांकन



कोरोना महामारीबीच चलचित्र ‘लाखे’ को काठमाडौंमा छायांकन भइरहेको छ । चलचित्रको गत पुष अन्तिम साताबाट गुपचुप रुपमा छायांकन सुरु भएको हो । कोरोनाको कारण सुटुक्क छायांकन सुरु गरिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिए । संक्रमणलाई मध्यनजर गर्दै निर्माण टिमले एकै समयमा दुई यूनिट बनाएर चलचित्रको छायांकन गरिरहेको छ ।

एउटा चलचित्र छायांकनमा कलाकार र प्राविधिकको दुई यूनिटले काम गरेको नेपालमा सम्भवतः यो पहिलो पटक हो । दुई यूनिटले एकसाथ काम गर्दा प्राविधिक टोलीदेखि सुटिङ सेट समेत दुईटा चाहिन्छ । जसले गर्दा निर्मातालाई ठूलो आर्थिक भार परेको छ । कलाकार र प्राविधिकको स्वास्थ्यलाई मध्यनजर गर्दै दुई यूनिट बनाएर काम गरेको निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।

६ करोडको लागत अनुमान गरिएको चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायतको अभिनय छ । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भइरहेको चलचित्रको निर्माता सिजन अर्याल हुन् । यस्तै, चलचित्रको प्रस्तुतकर्तामा गणेश मल्ल ठकुरी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu