जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु



गीतकार, निर्माता तथा चिकित्सक कपिल रिजालको निर्देशनमा बन्न लागेको चलचित्र ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु भएको छ । सोमवार पर्वत जिल्लाको भूक देउरालीमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै निर्माण टिमले चलचित्रको छायांकन सुरु गरेको हो । रोमान्टिक कमेडी जनरामा निर्माण हुने चलचित्रको मुहूर्त सट कलाकार द्वय जितु नेपाल र विजय बरालले दिएका थिए ।

चलचित्रमा अभिनेत्री साम्राज्ञी आरएल शाहको पनि मुख्य भूमिका रहनेछ । तर, मुहूर्त समारोहमा भने उनी उपस्थिति भएकी थिइन् । उनी केही दिनमा छायांकनका लागि पर्वत जाने तयारीमा छिन् । निर्देशक रिजालले हाल साम्राज्ञीको सिन नभएकाले अहिलेलाई अरु कलाकारको सिन खिचिने जानकारी दिए । चलचित्रमा लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनालको पनि अभिनय रहनेछ ।

कपिल रिजालले ‘ह्यारीकी प्यारी’ बाट चलचित्र निर्देशनमा डेब्यू गर्न लागेका हुन् । लण्डनमा बस्दै आएका उनले यसअघि केही सर्ट चलचित्रको निर्देशन गरिसकेका छन् । उनी चलचित्र ‘ड्रिम्स’ मा निर्माताको रुपमा समेत आबद्ध भएका थिए । उनले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन भइरहेको जानकारी दिए । चलचित्रलाई सुदिप बरालले खिचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu