‘सिङ्गर’ रियालिटी शोको घोषणा, विजेताले २५ लाख र कार पाउने



केही वर्षदेखि नेपालमा रियालिटी शोहरुहरुको संख्या बढ्दै गएको अवस्थामा ‘सिङ्गर’ नामक अर्को रियालिटी शोको घोषणा भएको छ । फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा बढेको बेला आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रीजका सञ्चालक श्याम धितालले जानकारी दिए ।

‘सिङ्गर’ का विजेताले नगद पुरस्कार २५ लाखसहित कार र गीति एल्बमसम्म पाउने बताइएको छ । नेपाली गीत संगीतमा आफूलाई स्थापित गरेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्नेछन् ।

‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै प्रशारण सुरु गरिने ‘सिङ्गर’ एउटा फरक शो हुने धितालको विश्वास छ । ‘नेपाल नेटवर्क टेलिभिजन’ आगामी नयाँ बर्षको अवसर पारेर बैशाखबाट प्रशारण सुरु गरिने बताइएको छ । फ्रेन्चाइज रियालिटी शोहरुले बजारमा स्थान बनाइरहेको बेलामा ‘नेपाल नेटवर्क टेलिभिजन’ ले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu