कोरोना महामारीका कारण दुई वर्ष आफू अनुबन्ध भएको चलचित्रको छायांकन नहुँदा अभिनेत्री वर्षा राउतका लागि यूट्युब र टिकटक आम्दानीको स्रोत बन्यो । ‘सन्सा’ नामक यूट्युब च्यानलमा उनले श्रीमान संयोग कोइरालासँग देश तथा विदेशमा पुगेर भ्लगहरु बनाइरहेकी हुन्छिन्, जसलाई ठूलो संख्यामा भ्यूज मिल्ने गरेको छ । वर्षाको आम्दानीको अर्को स्रोत टिकटक पनि हो ।
टिकटकमा दश लाख बढी फलोअर्स कमाएकी वर्षाले नेपाली र हिन्दी गीतसँगै विभिन्न कमेडी डाइलगहरुमा दिनहुँ टिकटक भिडियो बनाइरहेकी हुन्छिन् । उनका टिकटक भिडियोलाई दर्शकले निकै रुचाउने गरेका छन् । उनी बेला बखतमा टिकटक लाइभमा समेत बस्ने गरेकी हुन्छिन् । पछिल्लो समय टिकटक लाइभ सेलिब्रेटीसँग अन्य धेरैका लागि पैसा कमाउने माध्यम बनेको छ ।

टिकटक लाइभमा बस्दा विभिन्न व्यक्तिहरुले पठाउने गिफ्ट (चश्मा, फूल, प्लेन लगायत) डलरको बोट हो । वर्षा लाइभमा आउँदा यस्ता गिफ्ट पठाउनेहरु धेरै हुन्छन् र यसबाट उनले राम्रो डलर झार्ने गरेकी छन् । कहिले काहिँ उनले आफ्ना फ्यानहरुलाई गिफ्ट पठाउन आग्रह पनि गर्ने गर्छिन् । जसका कारण ‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमले उनलाई ‘भिखारी’ को संज्ञा समेत दियो ।
‘भिखारी’ को उपाधि पाएपछि टिकटक लाइभमा नबसेकी वर्षाले बिहीवार एक कमेडी संवादमा टिकटक भिडियो बनाएकी छन् । टिकटकको पृष्टभूमिमा बज्ने एक युवकको स्वरमा वर्षाले लिप्सिङ गर्दै भनेकी छन्, ‘कसले भन्यो सबै केटीहरुलाई पैसा चाहिन्छ ? कोही कोहीलाई माया मात्र भए पुग्छ । तर, मलाई पैसा नै चाहिन्छ नी फेरि ।’ यो टिकटकले उनको पैसाप्रतिको मोह झल्काउँछ ।
वर्षाले उक्त टिकटक भिडियो आफ्नो एकाउन्टमा साझेदार गर्दै क्याप्सनमा लेखेकी छन्, ‘तर, म त टिकटकबाटै कमाउँछु नी ।’ टिकटक लाइभमा बसेर भिख मागेको भन्दै व्यापक रुपमा आलोचना हुन थालेपछि उनले आफैंप्रति व्यंग्य गर्दै टिकटकबाटै कमाउने गरेको बताएकी हुन् । कमेन्टमा धेरैले उनलाई ‘टिकटक लाइभमा आए चश्मा पठाइदिन्छु’ भन्दै मजाक पनि उडाएका छन् ।
Tara ma ta tiktok batai kamauchu ni 😂😂😂😂😂♬ original sound – ❤️Ronish❤️


