नेपाली र मलयाली भाषामा ‘थिरिमाली’ को गीत (भिडियो)



नेपालमा छायांकन भएको मलयालम भाषाको चलचित्र ‘थिरिमाली’ को बिहीवार दोस्रो गीत ‘थेदुन्नू’ सार्वजनिक भएको छ । उक्त गीत नेपाली र मलयाली भाषामा बनेको छ । मलयालम भागको शब्द विवेक मुजक्कुन्नूले लेखेका छन् भने नेपाली रचनाकारमा अनुप न्यौपाने छन् । गीतको मलयालम पार्ट श्रीजीत एडवानाले गाएका छन् । नेपाली भाषामा भने सागर कामीको स्वर रहेको छ ।

गीतको भिडियोमा चलचित्रका तीन मुख्य कलाकारहरु कसैको खोजीमा काठमाडौंदेखि पोखरासम्म भौतारिरहेको देख्न सकिन्छ । गीतको अडियो बलियो छ । एक नेपाली साथीको खोजीमा भारतबाट नेपाल आएका तीन जना साथीको कथामा निर्माण भएको चलचित्रमा नेपाली कलाकारहरु माओत्से गुरुङ र उमेश तामाङको विशेष भूमिका छ । अभिनेत्री स्वस्तिमा खड्का भने एक गीतमा मात्र देखिनेछिन् ।

हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा रिलिज हुने चलचित्रमा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको अभिनय छ । चलचित्रलाई फजल अलीले छायांकन गरेका हुन् । राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ लाई गत वर्ष नेपालको पोखरा, काठमाडौं, लुक्लामा छायांकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu