चलचित्र ‘सुपर धने’ को निर्माण घोषणा



सुपरहिरो चलचित्र ‘सुपर धने’ को निर्माण घोषणा गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको निर्माण घोषणा गरियो । अर्को वर्षको कार्तिकबाट छायांकन सुरु हुने चलचित्रलाई सुमित सिंहले निर्देशन गर्नेछन् । हाल चलचित्रको स्क्रिप्ट लेखनको कार्य भइरहेको र नेपालसँगै यूरोपमा छायांकन हुने बताइएको छ । चलचित्रका लागि चाँडै कलाकार छनोट गरिने निर्देशक सिंहले बताए ।

चलचित्रको निर्माण घोषणा कार्यक्रममा साइन्स फिक्सन वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ को छायांकन सकिएको जानकारी दिँदै ट्रेलर पनि सार्वजनिक गरिएको थियो । वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारहरुको अभिनय छ ।

बाल कलाकारहरु प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय रहेको वेब सिरिजको प्रस्तुतकर्तामा प्रज्ञा जोशी छिन् । नमस्ते टाकिज र सिनेमा हबको संयुक्त ब्यानरमा निर्माण भएको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ हुन् । सुमित सिंहको निर्देशनमा तयार भएको वेब सिरिजमा सुमित सिंह र राजन महर्जनको कथा लेखन र विकास चौधरीको संगीत रहेको छ ।

५ एपिसोडको वेब सिरिज र ‘सुपर धने’ चलचित्रको निर्माण घोषणा कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर र निर्देशक घनश्याम लामिछाने अतिथीको रुपमा उपस्थित भएका थिए । उनीहरुले नेपालमा पहिलो पटक फरक विषयवस्तुमा चलचित्र र वेब सिरिज निर्माण गर्ने चुनौती मोलेको भन्दै सफलताको शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu