उपासनाले गरिन् बोल्ड फोटोसुट



चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरीले दोस्रो चलचित्रको रुपमा ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गर्ने अवसर पाइन् । पहिलो चलचित्रमा अभिनयको वाहवाही बटुलेकी उनले दोस्रो चलचित्रबाट व्यवसायिक सफलता पनि हात पारिन् । त्यसयता उनले करिअर फर्केर हेर्नु परेको छैन । हातमा चलचित्र टुटेको छैन । स्टार कलाकारहरुसँग काम गरिरहेकी छन् ।

‘कबड्डी कबड्डी कबड्डी’ रिलिजपछि अध्ययनका कारण करीब एक वर्ष नयाँ चलचित्रमा हात नहालेकी उनले पहिलो लकडाउनपछि चलचित्र ‘डिसेम्बर फल्स’ मा काम गरेकी थिइन् । लगत्तै उनले कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्ने चलचित्र ‘मिरर’ साइन गरिन् । दशैंपछि उनी अर्को चलचित्र ‘सत्यम्’ मा अनुबन्ध भइन् । तर, कोरोनाका कारण दुवै चलचित्रको छायांकन अन्योल बनेको छ ।

दुई चलचित्रबाटै युवापुस्तामा राम्रो क्रेज बनाएकी उपासना अहिलेसम्म विवादमा तानिएकी छैनन् । तर, शनिवार इन्स्टाग्राममा पोस्ट गरेको एक तस्विरका कारण भने उनी विवादमा तानिन सक्ने देखिएको छ । उनले गुलाबको गुच्छाले आफ्नो छाती छोपेर फोटोसुट गराएकी छन् । उनको बोल्ड फोटोसुटले यतिबेला सामाजिक सञ्जाल तातेको छ । कुन उद्देश्यले उनले बोल्ड फोटोसुट गराएकी हुन्, त्यो भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu