‘मिस इको इन्टरनेशनल’ मा सोफियाले प्रतिनिधित्व गर्ने



काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन् । भुजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल’ को ताज सहित उक्त प्रतियोगीताका लागि ग्रिन आर्ट मिडियाले छानेको हो । भुजेलले यस अगाडि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय केही सौन्दर्य प्रतियोगीतामा सहभागी भएकी थिइन् ।

शनिबार स्ट्याण्ड लन्च एण्ड बार बत्तिसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो । भुजेललाई मिस इको इन्टरनेशनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाई दिएकी हुन् । रायमाझीले ‘मिस इको इन्टरनेशनल २०२०’ मा ‘मिस इको एशिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन् ।

भुजेल आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि भुजेल नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । भुजेललाई प्रतियोगीताका लागि ग्रिन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित ब्यक्तिहरुका ग्रुमिङ गरिनेछ ।

अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको उपस्थिती रहेको कार्यक्रममा धुम्बाराही निवासी २६ बर्षिया भुजेलले प्रतियोगीतामा नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताइन् ।

भुजेलले इजिप्टबाट ‘मिस इको इन्टरनेशनल २०२२’ को शिर्ष उपाधि जित्न सक्ने विश्वास आफुलाई लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।

२०१५ देखि ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu