काठमाडौं। निर्देशक मिलन चाम्सले नेपाली चलचित्र ‘वर एन्ड वधु’को निर्देशन गर्ने भएका छन् । यसका लागि नायिका आँचल शर्मा ‘वधु’को भुमिकाको लागि चुनिएकी छन् । भने ‘वर’को खोजी भईरहेको छ ।
कमेडी र लभ स्टोरी कथामा बन्ने यो चलचित्रका लागि नयाँ नायकको खोजी गरिएको निर्देशक चाम्सले बताए । चलचित्रमा काम गर्न चाहने फ्रेस युवकले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने बताईएको छ । कोरोना कहरपछि नायिका शर्माले पहिलोपटक नेपाली चलचित्रमा काम गर्ने लागेकी हुन् । उनले यसबीचमा नै ‘हिटम्यान’ नामक दक्षिण भारतिय चलचित्रमा भने काम गरिसकेकी छिन् ।

वर एन्ड वधु’ एल.आर.के इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने बताईएको छ । अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र पत्रकार सम्मेलन मार्फत जानकारी दिने जनाईएको छ ।
मिलनले हाल फिल्म ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका छन् । यस्तै, उनी एक फुटबलरको बायोपिक निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् ।