आजिवन चलचित्रमा अभिनय गर्ने इच्छा छ : अरुणिमा लम्साल



अभिनेत्री अरुणिमा लम्सालले अमेरिकालाई कर्मथलो बनाएको ७ वर्ष भइसकेको छ । ‘धड्कन, अग्नी ज्वाला, अभिमन्यू, इन्द्रेणी, के यो माया हो’ लगायत ५० बढी चलचित्रमा अभिनय गरेकी उनी चलचित्र ‘उर्वशी’ रिलिजपछि अमेरिका हानिएकी थिइन् । त्यसपछि उनले नेपाल फर्किएर चलचित्र अभिनयलाई निरन्तरता दिएकी छैनन् । उनी अमेरिका गएदेखि नेपाल समेत आएकी छैनन् ।

तर, अरुणिमा आफूलाई आजिवन चलचित्रमा अभिनय गर्ने इच्छा रहेको बताउँछिन् । अमेरिकामै बस्दै आएकी अर्की अभिनेत्री ऋचा घिमिरेसँगको कुराकानीमा उनले चलचित्रमा अभिनय गर्न मन नलागेर अमेरिका नआएको बताउँदै चलचित्र इन्डस्ट्रीलाई हमेशा सम्झिने गरेको र नेपाल आएको समयमा चलचित्रमा अभिनय गर्ने इच्छा रहेको बताइन् । आफू चलचित्रकै लागि जन्मिएको उनको भनाई छ ।

अरुणिमाले भनेकी छन्, ‘म हराएको छैन । मैले केही समयका लागि विश्राम लिएको हुँ । तपाईंहरुसामु म फेरि आउँछु । कुन दिन कहिले भन्ने कुरा चाहिँ अहिले नै भन्न सक्दिनँ तर ढिलो-चाँडै चलचित्रमा अवश्य नै फर्किन्छु । मलाई चलचित्रमा काम गर्न एकदमै मन लागेको छ । नेपाल गएपछि चलचित्रमा काम गर्छु भन्ने छ । आजिवन चलचित्रमा काम गरिरहुँ र दर्शकमाझ आइरहुँ भन्ने सोचमा छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu