‘लाखे’मा प्रशान्त, किन हटे सुनिल थापा ?



काठमाडौं। निर्माणाधिन नेपाली चलचित्र ‘लाखे’बाट अभिनेता सुनिल थापा हटेका छन् । थापाले अभिनय गर्ने भनिएको नेगेटिभ भुमिकामा अभिनेता प्रशान्त ताम्राकारले अभिनय गर्ने भएका छन् ।

निर्देशन सम्राट बस्नेतका अनुसार थापा बलीउड चलचित्रमा व्यस्त हुने भएपछि ताम्राकारले लाखेमा अभिनय गर्ने भएका हुन् । अभिनेता ताम्राकारले मल्टिस्टार चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले भनेका छन्, ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ । मैले सक्दो नयाँ र राम्रो काम गर्ने कोसिस गर्नेछु ।’ यो चलचित्र हाल काठमाडौंका बिभिन्न स्थानहरुमा छायांकन भईरहेको छ ।

चलचित्रमा प्रशान्तसहित अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बा लगायतको अभिनय रहेको छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भईरहेको ‘लाखे’का कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् भने निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको चलचित्रका प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu