‘पृथिवी’ मा यसकारण हुन सकेकी थिइनन् करिश्मा



निर्देशक प्रकाश सायमी र अभिनेत्री करिश्मा मानन्धरको चलचित्र ‘हतियार’ मा पहिलो पटक सहकार्य भएको थियो । यसपछि उनीहरुबीच सहकार्य हुन सकेको छैन । तर, ‘हतियार’ भन्दा अगाडि प्रकाशले करिश्मालाई ‘पिरती’ का लागि साइन गराएका थिए । तर, चलचित्रका निर्माता उदित नारायण झासँग केही असमझदारी भएपछि करिश्माले काम गरिनन् ।

करिश्मासँगको एक तस्विर मंगलवार फेसबुकमा साझेदार गर्दै सायमीले उनीसँग धेरै पटक सहकार्यको प्रयास भएपनि ‘हतियार’ मा मात्र एकसाथ काम गर्न पाएको स्मरण गरेका छन् । आफ्नो पहिलो निर्देशकिय चलचित्र ‘पृथिवी’ मा करिश्मालाई नायिकामा साइन गराए पनि विनोद मानन्धरको स्वीकृतिमा फेरि कारण काम नगर्ने निर्णय भएको उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘करिश्मालाई पछि मैले नायिकाको रुपमा ‘हतियार’ मा साइन गरेँ र त्यसमा उनी सीमान्त उधासकी नायिका भइन् । पछि सीमान्तले ‘शुभकामना’ फिल्म बनाउने प्रस्ताव ल्याए । यसपाली मलाई चलचित्र बनाउन मन लागेन ।’ यो चलचित्र बनेपनि करिश्मासँग फेरि सहकार्य हुन नसकेको उनले बताएका छन् ।

निर्देशक सायमीको स्टाटस आफ्नो फेसबुकवालमा शेयर गर्दै करिश्माले फेरि पनि सहकार्यको सम्भावना रहेको आशय व्यक्त गर्दै लेखेकी छन्, ‘कस्तो विस्तृतमा सम्झनाहरु ब्याख्या गर्नुभयो । तर, असम्भव केही छैन । हामी अझै जिउँदै छौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu