लक्ष्मण सुवेदीले बनाउने भए ‘ठगराज’



काठमाडौँ । चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ । रङ्ग पत्रकार लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा चलचित्र बन्न लागेको हो । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियसनको ब्यानरमा निर्माण हुनेछ ।

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको निर्देशक लक्ष्मणले आफ्नो जन्मदिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन् । चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य टिमको बारेमा केही समयपछि जानकारी गराइने निर्देशक सुवेदीले बताए ।

चलचित्रको चैत्र अन्तिमबाट छायांकन गर्ने निर्माण टिमको योजना रहेको छ । ‘ठगराज’ सामाजिक कथा, कमेडी, प्रेम र सेन्टीमेन्टको एउटा प्याकेज रहेको निर्देशक सुवेदीले जानकारी दिए । उनले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ गरी दुई चलचित्रको निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu