सुरज पाण्डेको डेब्यू निर्देशन रहने चलचित्र ‘परस्त्री’ को मुख्य भूमिकामा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । चलचित्रमा उनले अभिनेता कोशिस क्षेत्रीसँग रोमान्स गर्नेछिन् । कोशिस चलचित्रको मुख्य भूमिकामा यसअघि नै फाइनल भइसकेका थिए ।

चलचित्रको मुख्य भुमिकाको लागि अझै एक अभिनेता र अभिनेत्रीको खोजी भइरहेको निर्माता तथा लेखक दीपेन्द्र कुमार खनालले बताए । चाँडै चलचित्रको मुख्य कलाकार छनोट कार्य सकेर वर्कसप गरिने निर्माता खनालको भनाई छ । हाल चलचित्रको प्रि प्रोडक्सनको काम भइरहेको छ ।
फागुन तेस्रो साताबाट फ्लोरमा जाने चलचित्र नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण गरिनेछ । डिएस डिजिटलको ब्यानरमा निर्माण गरिने चलचित्रकी प्रस्तुतकर्ता शर्मिला पाण्डे हुन् । सम्पुर्ण छायांकन गरिने चलचित्रलाई निरज कँडेलले छायांकन गर्नेछन् ।