चलचित्र ‘म’ को सम्पूर्ण छायांकन सकिएको छ । छायांकन सुरु भएको २६औं दिनमा चलचित्रको इन्डक्ल्याप भएको निर्देशक सुवर्ण थापाले जानकारी दिए । चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा नै भएको हो ।

चलचित्रको अधिकांश सिनहरुको अनलाइन इडिटिङ्ग भइसकेको र माहोल राम्रो भएको खण्डमा आगामी जेठ महिनाभित्र प्रदर्शन गर्ने निर्माण टिमको योजना छ । चलचित्र सम्बन्धि अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले चलचित्रको निर्माण गरेको हो ।

सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, पुनम श्रेष्ठ, संजोग रसाईली, नरेन खड्काको अभिनय रहेको चलचित्रको निर्मातामा विमला हुमागाई र पदम पुरी छन् । चलचित्रलाई तेन्जिङ्ग पाल्देनले खिचेका हुन् । चलचित्रको कथा एकेडेमीका सिइओ प्रकाश पुरीको हो ।