एक वर्षपछि चलचित्रको सुटिङमा फर्किइन् साम्राज्ञी



अहिलेकी सर्वाधिक माग भएकी अभिनेत्री हुन्, साम्राज्ञी आरएल शाह । चलचित्र ‘ड्रिम्स’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनलाई दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ को सफलताले करिअरको उचाइँमा पुर्‍याएको थियो । उनको नाम मात्रैले पनि चलचित्र चल्छ भन्ने विश्वास निर्माता/निर्देशकमा देखिएको थियो । तर, यी दुई चलचित्रबाहेक उनको स्टारडम बचाउन अरु चलचित्रले सकेका छैनन् ।

औसत चलेको ‘इन्टु मिन्टु लण्डनमा’ बाहेक ‘कायरा’, ‘मारुनी’, ‘रातो टीका निधारमा’ सुपरफ्लप भए । तर, लगातार चलचित्र असफल भएपनि त्यसको असर उनको करिअरमा परेको छैन । उनले लगातार चलचित्र साइन गरिरहनुले पनि उनीप्रति निर्माता/निर्देशकको विश्वास अझै नडगमगाएको बुझ्न सकिन्छ । ‘रातो टीका निधारमा’ रिलिजपछि भने उनले २ वर्ष नयाँ चलचित्र साइन गरेकी थिइनन् ।

पहिलो चरणको लकडाउनपछि चलचित्र ‘तिम्रो मेरो साथ’ मा काम गरेकी उनले त्यसलगत्तै मिलन चाम्सको नयाँ चलचित्र साइन गरेकी थिइन् । तर, निर्देशक चाम्सले तत्काल चलचित्रको छायांकन नगर्ने भएपछि साम्राज्ञीले दशैंअघि चलचित्र ‘ह्यारीकी प्यारी’ साइन गरिन् । यो चलचित्रको यतिबेला पर्वत जिल्लामा छायांकन भइसकेको छ । साम्राज्ञी एक वर्षपछि साम्राज्ञी चलचित्रको सुटिङ सेटमा फर्किएकी छन् ।

चलचित्रमा उनको जोडी कलाकार जीतु नेपालसँग बाँधिएको छ । जसले गर्दा चलचित्रमा साम्राज्ञी र जितुको केमेस्ट्री कस्तो देखिने हो भन्ने कौतुहलता दर्शकमा बढेको छ । कपिल रिजालको निर्देशन रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनालको पनि अभिनय छ । आफ्नो ओरोलो लागेको करिअरलाई बचाउन साम्राज्ञीका लागि यो चलचित्र चल्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu