यस्तो छ ‘आकासे खेती’ को टिजर



आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आकासे खेती’ को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका केही महत्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । टिजरमा चलचित्रका मुख्य कलाकारहरु गौरव पहारी, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायत देखिएका छन् ।

युवाहरुको विना मिहिनेत पैसा कमाउने सपना र तिब्बतियन शरणार्थीको कथामा बनेको चलचित्रमा गौरव, विल्सन, बुद्धिका अलवा नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, जयनन्द लामा र शिशिर बाङ्देलको अभिनय रहेको छ ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दिलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको कथा निर्देशक उदय सुब्बा आफैंले तयार पारेका हुन् । विल्सन विक्रम राईको पटकथा तथा संवाद रहेको चलचित्रमा बिक्रम डिसीको छायाङ्कन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजीव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu