‘म यस्तो गीत गाउँछु २’ गीतमा पल र पूजाको रोमान्स



सुदर्शन थापाको निर्देशनमा बनेको लभस्टोरी चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु’ को ‘आफ्नै सम्झि परेली छुन्छौ भने तिमी’ बोलको हुक लाइन समावेश गरिएको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । गीतको अडियो एक मिनेट ३२ सेकेण्डको मात्र छ ।

‘भ्यालेनटाइन डे’ को उपहार स्वरुप सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य नायक पल शाह र नायिका पूजा शर्मा फिचर छन् । छायांकन पक्ष उम्दा रहेको भिडियोमा मेकिङ क्वालिटी उच्च देखिन्छ । कलाकारको पहिरन र सेटअपले भिडियोलाई थप आकर्षक बनाएको छ । भिडियोमा सुदर्शन, पूजा र पलले चलचित्र फागुन १३ गतेबाट रिलिज हुन लागेको जानकारी दिएका छन् ।

सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको चलचित्रमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक थापा आफैंले लेखेका हुन् भने शिवम् अधिकारी र दिनेश न्यौपानेले पटकथा तयार पारेका हुन् । सौरभ लामाको छायांकन रहेको चलचित्रको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu