‘प्रेमगञ्ज’ मा बेनिशाको यस्तो लुक्स



अभिनेत्री बेनिशा हमाल करीब साढे २ वर्षपछि चलचित्रमा देखिने तयारीमा छिन् । केही समय भारतमा चलचित्र मेकिङ पढेकी उनले दोस्रो लकडाउनपछि चलचित्र ‘प्रेमगञ्ज’ मा अभिनय गरेकी थिइन् । भ्यालेनटाइन डेको अवसरमा निर्माण टिमले उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । जसमा उनी बोल्ड अवतारमा प्रस्तुत छिन् । उनको लुक्सले चलचित्रप्रति दर्शकको कौतुहलता बढाउने देखिन्छ ।

चलचित्रमा बेनिशा ‘मैना’ को चरित्रमा रहेको पोस्टरमार्फत् जानकारी दिइएको छ । परिच्छेद सेनको निर्देशनमा बनेको ‘प्रेमगञ्ज’ को काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौँ तथा भक्तपुरको नाला र पनौतीमा छायांकन भएको हो । कोरोना महामारीका बीच ७० दिन खिचिएको चलचित्रमा २ करोड लगानी भएको बताइएको छ । चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

चलचित्रमा बेनिशाका अलावा तेज गिरी, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको पनि अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् । प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रको कथा निर्देशक सेन आफैंले लेखेका हुन् । चलचित्रले दुई कालखण्डको प्रेमकथा भन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu