रेखा थापाले गरिन् जाजरकोटका बलरामसँग बिहे



चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । प्राप्त जानकारी अनुसार, एक हप्ता अगाडि उनीहरुले कानुनी रुपमा विवाह गरेको हुन् । रेखाका श्रीमान् शाही लामो समयदेखि इजरायलमा बसोबास गर्ने गरेको जानकारी प्राप्त छ ।

रेशा र बलराम विगत एक वर्षदेखि गहिरो प्रेममा थिए । रेखाले एक अनलाइनसँगको कुराकानीमा आफूले कानुनी रुपमा विवाह गरेको पुष्टि गर्दै मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा विवाह गरेको जानकारी दिएकी छन् । रेखाले केही वर्षदेखि आफू विवाह गर्ने सोचमा रहेको बताउँदै २०७८ वा २०७९ भित्र विवाह गर्ने बताउँदै आएकी थिइन् ।

जाजरकोट स्थायी घर भएका बलराम पर्यटन व्यवसायी हुन् । विवाह बन्धनमा बाँधिएका रेखा र बलराम शाहीबीच दुई वर्षको उमेर अन्तर छ । बलराम शाहीको उमेर ४० वर्ष हो भने रेखा ३८ वर्षकी भइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu