किन हल-हलमा पुगिरहेका छन् पल र पूजा ?



यही फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रचार-प्रसारमा यसका मुख्य कलाकारहरु पूजा शर्मा र पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ क्रेजी दौडधुप गरिरहेका छन् ।

अधिकांश कलाकारहरु चलचित्र रिलिजपछि मात्र दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न हलमा पुग्ने गर्छन् । तर, पल शाह र पूजा शर्मा भने चलचित्र रिलिजको करिब २ साता अगाडि नै हल-हलमा पुगिरहेका छन् ।

२७ दिन लामोे बन्दका कारण शुन्य बनेका हलहरु फागुण १ गतेदेखि चलमलाउन थालेका छन् । सुदर्शन, पुजा र पल हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छन् भने हलका कर्मचारी, म्यानेजरसँग पनि भेटघाट गरिरहेका छन् । उनीहरु, काठमाडौंका मुख्य हलहरु क्यूएफएक्स सिभिल, छायाँ सेन्टर, बीग मुभिज, एफक्यूब लगायतका हल पुगेका हुन् ।

निर्देशक सुदर्शन थापाले भने–‘हामी हलहरुको अवस्था के छ, दर्शकले चलचित्रको बिषयमा के भन्नुहुन्छ भनेर वुझ्न हलमा पुगेका हौं । चलचित्र निक्कै नै मिहिनेतका साथ बनाएकाले पनि दर्शककोे ठूलो संख्या हलसम्म पुग्नुहुन्छ भन्नेमा विश्वास छ ।’

सुदर्शन थापा र पूजा शर्माले मिलेर निर्माण गरेको चलचित्रमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक थापा आफैंले लेखेका हुन् भने शिवम् अधिकारी र दिनेश न्यौपानेले पटकथा तयार पारेका हुन् । चलचित्रलाई सौरभ लामाले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu