कुवेरले निर्देशन गरेको टिभीसीमा अनमोल



कोरोना महामारीयता अभिनेता अनमोल केसी थुप्रै प्रतिष्ठित कम्पनीको ब्रान्ड एम्बास्डर बनेका छन् । जसबाट उनले चलचित्रबाटभन्दा राम्रो कमाई गरेको बुझिएको छ । गत पुषमा अनमोल एक वर्षका लागि एम्पाएर इन्टरनेशनल एजुकेशन एन्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बास्डरमा पनि नियुक्त भएका थिए । अब उनले यो संस्थाको प्रचार-प्रसारमा चलचित्रमा जस्तै समय दिनुपर्नेछ ।

हालै उनले एम्पाएरको लागि फोटोसुट र टिभीसी (टेलिभिजन विज्ञापन) को छायांकन सकाएका छन् । २५ सेकेण्डको टिभीसीलाई सञ्चारकर्मी कुवेर डंगोलले निर्देशन गरेका हुन् । फोटोग्राफीको दुनियाँमा आफ्नो बैग्लै पहिचान बनाएका डंगोलले अनमोलसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरे । अनमोलको कामप्रति लगाव र मेहेनत देखेर आफू प्रभावित भएको निर्देशक डंगोल बताउँछन् ।

‘हामीले ‘टिभी एड’ को लागि भिडियो तयार पारेका छौँ । टिभीसीमा अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो सन्देश छोडिएको छ । एम्पाएरले विद्यार्थीलाई दिँदै आएको सेवालाई ध्यानमा राख्दै टिभीसी बनाएका छौं,’ निर्देशक डंगोलले भने । रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu