करिश्मा केसीको प्रेममा सलोन



अभिनेता सलोन बस्नेत प्रेम सम्बन्धका कारण प्रायः चर्चामा आउने गरेका छन् । चलचित्र ‘लभ सब’ मा एकसाथ काम गर्ने क्रममा उनी अभिनेत्री करिश्मा श्रेष्ठको प्रेममा डुबेका थिए । पछि उनीहरुको ब्रेकअप भयो । केही समयमै फेरि उनीहरुको मिलन भयो र अर्को चलचित्र ‘बाबु कान्छा’ मा सँगै काम गरे । तर, चलचित्र डुबेसँगै यो जोडीको प्रेममा पनि ग्रहण लाग्यो । अन्ततः उनीहरुको ब्रेकअप भयो ।

तर, सलोनको जीवनमा रोचक संयोग के जुरेको छ भने एउटी करिश्माबाट अलग भएपनि उनको जीवनमा अर्की करिश्माको आगमन भएको छ । यतिबेला सलोन एयर होस्टेज करिश्मा केसीको प्रेममा रमाइरहेका छन् । उनले ‘भ्यालेनटाइन डे’ मा करिश्मासँगको तस्विर इन्स्टामा पोस्ट गर्दै प्रेम सम्बन्ध खुलाएका हुन् । यो जोडी विगत दुई वर्षदेखि गहिरो प्रेममा रहेको जानकारी प्राप्त छ ।

करिश्मा केसीले इन्स्टाग्राममा सलोनसँगका तस्विरहरु बाक्लै पोस्ट गरेकी छन् । उनीहरुले ‘यति माया गर्दा पनि’ बोलको एक म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् । सलोन, करिश्मासँग चाँडै लगनगाँठो कस्ने योजनामा रहेको स्रोतले बताएको छ । करिश्माले बर्षा राउत र संजोग कोइरालाले दरबारमार्गमा सञ्चालन गरेको कोरियन रेष्टुरेन्ट ‘जेजु डो’ मा लगानी पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu