एक्सनले भरिएको ‘लप्पन छप्पन २’ को ट्रेलर



मुकुन्द भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘लप्पन छप्पन २’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । फागुन २० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बुधवार सार्वजनिक गरिएको ट्रेलरमा पैसा र पावरको खेललाई देखाइएको छ । ट्रेलरमा एक्सन र संवाद हावी छ । त्यस्तै, चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, अनुपविक्रम शाही र अर्पण थापा फरक लुक्समा देखिएका छन् ।

एक्सन जनरामा निर्माण भएको चलचित्रमा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्वर्गीय दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ‘लप्पन छप्पन २’ यही फागुन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो । तर, यही मितिमा ‘म यस्तो गीत गाउँछु २’ आउने भएपछि चलचित्र एक हप्ता पछाडि सरेको हो ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu