अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको चलचित्र नेपालमा भने बैशाख ९ गतेबाट प्रदर्शनमा आउन लागेको हो । बुधबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।

चलचित्रमा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्रको एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।


