‘द स्काइ इज माइन’ मा भारतीय अभिनेत्री तनिष्ठा र दयाहाङ



अभिनेता दयाहाङ राईले भारतीय अभिनेत्री तनिष्ठा चटर्जीसँग चलचित्रमा काम गर्ने भएका छन् । निर्देशक दीपक रौनियारको नयाँ चलचित्र ‘द स्काइ इज माइन’ मा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । हालै निर्देशक रौनियारले चलचित्रमा तनिष्ठालाई मुख्य भूमिकामा अनुबन्ध गरेका हुन् । उनले ‘ब्रिक लेन’, पार्च्ड’ र लायन’ जस्ता हिन्दी चलचित्रमा अभिनय गरिसकेकी छन् ।

चलचित्रको कथा दीपकसँगै डेविड बार्कर र आशा मगरतीले मिलेर लेखेका हुन् । चलचित्रले दक्षिण एसियामा व्याप्त जात प्रथाको कथा पेश गर्नेछ, जहाँ छालाको रङलाई विशेष महत्त्व दिइन्छ । चलचित्र एक गहुँगोरो महिला पुलिस अफिसरको वरिपरी घुम्नेछ, जसले जासूस बनेर देशमा जरा गाँडेर बसेको कुप्रथालाई अन्त्य गर्नेछिन् । चलचित्रमा तनिष्ठाले ममताको चरित्र निर्वाह गर्नेछिन् ।

‘द स्काइ इज माइन’ मा निर्देशक रौनियारकी श्रीमती तथा अभिनेत्री आशा मगरातीको पनि मुख्य भूमिका रहनेछ । आउँदो मे (बैशाख) बाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा रौनियार छन् । मैथ्यू टोपोनियरले चलचित्रको सम्पादन गर्नेछन् । तनिष्ठाले आफूलाई स्क्रिप्ट अत्यन्त मन परेकाले चलचित्रमा आबद्ध भएको अंग्रेजी अनलाइन भेराइटीसँगको कुराकानीमा बताएकी छन् ।

चलचित्र ‘हाइवे’ र ‘ह्वाइट सन्’ बाट वाहवाही बटुलेका रौनियारको सर्ट चलचित्र ‘फोर नाइट्स’ अहिले बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भैरहेको छ । उनी निर्देशित ‘हाइवे’ को सन् २०१२ मा बर्लिन फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको थियो भने चलचित्र ‘ह्वाइट सन्’ ले भेनिस, पाम स्प्रिंग्स, फ्राइबर्ग र सिंगापुरमा पुरस्कार जितेको थियो । उनी बर्लिनले ‘ट्यालेन्ट’ का पूर्व विद्यार्थी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu