नेपाल भाषामा पनि आयो ‘म यस्तो गीत गाउँछु २’ को प्रमोसनल गीत



फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को टिमले प्रचारमा नयाँ तरिका अपनाएको छ । निर्देशक सुदर्शन थापाले चलचित्रलाई दर्शकसम्म पुर्‍याउन थारु र नेपाल भाषामा प्रमोसनल गीत बनाएर प्रचारमा नयाँ ट्रेन्ड भित्राएका छन् ।

बुधवार थारु भाषाको प्रमोसनल गीत सार्वजनिक गरेपछि निर्माण टिमले बिहीवार नेपाल भाषाको गीत रिलिज गरेको छ । आश्रय रञ्जित र कल्पना श्रेष्ठको स्वर रहेको गीतमा नरेश योगीको शब्द रचना तथा संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु पल शाह र पूजा शर्मा नेवारी पहिरनमा प्रस्तुत छन् ।

नायक पल शाहको भनाइलाई मान्ने हो भने उनीहरु हरेक वर्ग र समुदायका दर्शकमाझ पुग्न चाहन्छन् । यसले, हरेक समुदायले चलचित्रलाई आफ्नो महशुश गर्ने वुझाई उनीहरुको छ । थारु र नेवारी भाषामा चलचित्रको प्रमोसनल गीत बनाउने आइडिया सुदर्शन थापा र पल शाहको हो ।

चलचित्रमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको पनि अभिनय छ । बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रलाई पूजा शर्मा र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu