‘बगान’ बाट सरोज खनालको चलचित्र निर्देशनमा डेब्यू



जुनसुकै चरित्रमा जीवन्त अभिनय गर्ने अभिनेताको रुपमा चिनिएका सरोज खनालले चलचित्र निर्देशनमा डेब्यू गरेका छन् । यसअघि केही म्यूजिक भिडियो र सर्ट मुभीको निर्देशन गरिसकेका उनले ‘बगान’ बाट फिचर चलचित्र निर्देशनमा डेब्यू गरेका हुन् । यतिबेला धमाधम छायांकन भइरहेको चलचित्रलाई सुरेश वाग्लेसँग सहकार्य गरेर सरोज आफैंले निर्माण गरेका हुन् ।

चलचित्रमा करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीको मुख्य भूमिका छ भने सरोज स्वयं अतिथी भूमिकामा प्रस्तुत भएका छन् । सामाजिक विषयवस्तुमा आधारित चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने उद्देश्यसहित निर्माण गरिएको निर्देशक खनालले जानकारी दिएका छन् । चलचित्रलाई आउँदो बैशाखमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।

गौरीशंकर धुजूको छायांकन रहेको चलचित्रमा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पार्श्व संगीत छ । चलचित्रका गीतमा भने सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् । यही चलचित्रबाट करिश्मा मानन्धरले लामो समयपछि अभिनयमा पुनरागमन गरेकी छन् । उनले ५/६ वर्षयता अफर आएका चलचित्रहरु समेत अस्वीकार गरेर बसेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu