रामजीको निर्देशनमा ‘हनिमुन’



सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म ‘हनिमुन’ सार्वजनिक गरिएको छ । यो चलचित्रमा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ । बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले झगडाको रुप लिन्छ, जो निकै सामान्य बिषयवस्तु थियो । केटा र केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको बिगतलाई एसेप्ट गर्न सक्नुपर्छ भन्ने सन्देश चलचित्रले दिएको छ ।

निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर ‘हनिमुन’ सार्वजनिक गरेका हुन् । उनले यसअघि ‘डार्क मुन’, ‘एक लभर’, ‘लकडाउन’ लगायत एक दर्जन सर्ट चलचित्र निर्माण गरिसकेका छन् ।

सार्वजनिक चलचित्र ‘हनिमुन’ मा बिजय अर्यालको आवाज, बिशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा चलचित्र तयार भएको हो । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।

यो चलचित्र राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । काठमाडौंस्थित नक्लासमा रहेको लिसरा रिसेप्सनमा एक कार्यक्रमकाबीच चलचित्र ‘हनिमुन’ सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu