ब्राड पिटले पूर्वपत्नी एन्जेलिना जोलीविरुद्ध हाले मुद्दा



हलिउडका चर्चित अभिनेता ब्राड पिटले आफ्नी पूर्वपत्नी तथा अभिनेत्री एन्जेलिना जोलीविरुद्ध अदालतमा मुद्दा हालेका छन् । संयुक्त लगानी रहेको एक वाइन व्यवसायको शेयर रुसी व्यापारी युरी शेफ्लरलाई बेचेपछि ब्राडले जोलीविरुद्ध मुद्दा हालेको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

शेयर बेच्ने जोलीको कदम खारेज गर्न र यसबाट आफूलाई हुन पुगेको क्षतिपूर्ति माग गर्दै पिटले मुद्दा हालेका हुन् । जोली र पिटले सन् २००८ मा फान्समा साटो मिराभल नामक वाइनरी (वाइन बनाउने कारखाना) खरिद गरेका थिए । पिटसँग डिभोर्सपछि जोलीले उक्त वाइनरीमा रहेको आफ्नो शेयर बेचेकी हुन् ।

पिटले अदालतमा पेश गरेको कागजातमा वाइनरीको प्रगतिमा आफ्नो बढी मेहनत रहेको, दोस्रो पक्षको मञ्जुरीबिना व्यवसायमा भएको लगानी अरुलाई बेच्न नपाउने गरी सहमति गरेको भएपनि जोलीले उक्त सहमति लत्याएको उल्लेख गरेका छन् । सन् २०१४ मा विवाह गरेका जोली र पिटले सन् २०१९ मा डिभोर्स गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu