‘हनी बनी’ मा अनमोलको जोडी सारा ?



अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पालीले पहिलो पटक एकसाथ चलचित्रमा काम गर्न लागेको खबर प्राप्त भएको छ । चलचित्र ‘हनी बनी’ मा उनीहरुको जोडी बाँधिन लागेको स्रोतले जानकारी दिएको हो । चलचित्रमा अनमोल अनुबन्ध भइसकेका छन् भने सारासँग निर्माण टिमले केही चरण कुराकानी गरिसकेको छ । चाँडै उनीसँग कागजी सम्झौता हुनसक्ने स्रोत बताउँछ ।

करीब चार वर्ष अगाडि अनमोलको नाम सारासँग जोडिएको थियो । उनीहरु गहिरो प्रेममा रहेको र साराको जन्मदिन मनाउन अनमोल नगरकोटसम्म पुगेको चर्चा चलेको थियो । तर, पछि दुवैले यो कुराको खण्डन गरे । यसपछि उनीहरुको नाम जोडेर समाचार बनेका छैनन् । अब यो जोडीले एकसाथ चलचित्रमा अभिनय गर्न लागेको खबरले दर्शकमा खुसीको सञ्चार भएको छ ।

‘हनी बनी’ लाई दीवाकर भट्टराईले निर्देशन गर्न लागेका हुन् । लभस्टोरी जनरामा निर्माण हुने चलचित्रमा सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । बेलायतमा छायांकन हुने चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा छन् । ७ करोड लागत अनुमान गरिएको चलचित्रलाई आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu