छायांकन गन्तव्य चिनाउन गौतम धिमालको फोटो प्रदर्शनी



फोटोग्राफर गौतम धिमालले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएको छ । शुक्रवारदेखि काठमाडौंको मन्डिखाटारमा धिमालको फोटोहरु प्रदर्शनीमा राखिएको हो । सो अवसरमा उनको ‘हिमालयन फेसन एडभेन्चर’ नामक पुस्तक पनि विमोचन गरिएको छ । उक्त पुस्तकमा समावेश गरिएको उत्कृष्ट तस्बिरहरूलाई प्रदर्शनीमा राखिएको उनले बताए ।

मुस्ताङको संक्षिप्त विवरणसहित धिमालले पुस्तकमा त्यहाँको सुन्दर तस्बिरहरू समावेश गरेका छन् । नेपाललाई चलचित्र छायांकन र फोटोग्राफीको सम्भावना उजागर गरी पर्यटक आकर्षित गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाई छ । उनले फेसन र ल्यान्डस्केपको फ्युजन गरेर फोटो सुट गरेको जानकारी दिए ।

अब हरेक वर्ष नेपालको सुन्दर स्थानमा गएर ‘फोटो सुट’ गर्ने योजना बनाएका धिमालले फोटो प्रदर्शनीको क्रममा भने- ‘नेपालका अधिकांश सुन्दर स्थानमा फोटो सुट गर्ने योजना छ । नेपाली र विदेशी चलचित्रको कथावस्तुले मागेअनुसारको छायांकन गर्ने ठाउँ चिनाउने गरी फोटो सुट गर्नेछु ।’

लोकेसन नेपालले आयोजना गरेको प्रदर्शनी २४ फेब्रुअरी (फागुन ११ गते बिहीवार) सम्म सञ्चालन हुनेछ । चलचित्र विकास बोर्डले पनि सहकार्य गरेको फोटो प्रदर्शनी अवलोकन गर्न दिनहुँ उल्लेख्य संख्यामा चलचित्रकर्मीहरु आउने गरेको बोर्डका सूचना अधिकृत चिरञ्जीवि गुरागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu