पल र पूजाको ‘चुपचाप जिन्दगी’ (भिडियो)



यही फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘चुपचाप जिन्दगी’ बोलको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत अर्जुन पोखरेलको हो । गीतको लिरिकल भिडियोमा चलचित्रभित्रका अचल दृश्यहरु समावेश गरिएको छ । गीतको अडियो बलियो बनेको छ ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रमा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक थापाले लेखेका हुन् भने शिवम् अधिकारी र दिनेश न्यौपानेले पटकथा तयार पारेका हुन् । सौरभ लामाको छायांकन रहेको चलचित्रको गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, रेनेश भागोको कलर, शैलेन्द्र प्रधानको ब्याकग्राउन्ड स्कोर, सत्यम राना र दिनेश केपीको भिएफएक्स रहेको चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जिजिए ग्रुपले काठमाडौंभित्र र एफडि कम्पनीले काठमाडौंबाहिर वितरण गर्दैछ । कोरोना महामारीले गर्दा दुई वर्ष थन्किएको ‘म यस्तो गीत गाउँछु २’ ले बक्सअफिसमा उछाल ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu