दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘हनी बनी’ मा अभिनेत्री सारा सिर्पाली मुख्य भूमिकामा अनुबन्ध भएकी छन् । सोमवार निर्माण टिम र अभिनेत्री साराबीच लिखित सम्झौता भएको हो । अब उनी यो चलचित्रमा अभिनेता अनमोल केसीको अपोजिटमा देखिनेछिन् ।

चलचित्रको मुख्य भूमिकामा अभिनेता सलोन बस्नेत पनि फाइनल भइसकेका छन् । मार्चबाट फ्लोरमा जाने चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने छ । धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको चलचित्रमा अभिनय गर्ने अन्य कलाकारहरुको पनि चाँडै टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताएका छन् ।
एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम र सनिस खकुरेल छन् भने अजित सिंह सह-निर्माताको रुपमा रहनेछन् ।


