गरिमाको थिएन चलचित्रमै भविष्य बनाउने सपना



सुन्दरी अभिनेत्री गरिमा पन्त काँचको पर्दामा नदेखिएको लामो समय भइसकेको छ । बेल्जियम निवासी हरि शर्मा थपलियासँग लगनगाँठो कसेपछि उनी सक्रिय अभिनय जीवनबाट टाढा भइन् । उनी पछिल्लो पटक चलचित्र ‘तीन घुम्ती’ मा देखिएकी थिइन् । श्रीमानसँग बेल्जियममा बस्दै आएकी उनले त्यहीँ आफ्नो म्यानेजमेन्टमा एक रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी छन् ।

गरिमाले ‘झोला, जीवन मृत्यु, प्रितीको फूल, सुन्दर मेरो नाम’ लगायतका ५० भन्दा बढी चलचित्रमा जीवन्त अभिनय गरेकी छन् । गरिमाको करिअरको उत्कृष्ट चलचित्रको रुपमा ‘झोला’ लाई लिइन्छ । यो चलचित्रमा उनले गरेको अभिनय दर्शकको मन मस्तिष्कमा अझै ताजा छ । यही चलचित्रबाट उनले राष्ट्रिय अवार्डदेखि सार्क अवार्ड जित्न सफल भएकी थिइन् ।

एक छोरीकी आमा भइसकेकी गरिमा दुई हप्तादेखि नेपालमा छिन् । श्रीमान र छोरीको साथमा विभिन्न ठाउँहरु घुमिरहेकी उनले एक टेलिभिजन कार्यक्रममा आफूले नेपाली चलचित्रलाई एकदमै सम्झिरहने बताएकी छन् । उनले भनेकी छन्, ‘म आज जे छु चलचित्रकै कारणले छु । सुटिङ सेटमा निर्देशकले एक्सन भनेपछि आफूभन्दा फरक भएर अभिनय गर्नुपर्ने क्षण म कहिल्यै विर्सन्नँ ।’

गरिमाले अगाडि भनेकी छन्, ‘विवाहपछि चलचित्रबाट टाढा जस्तो भएको छु । हुनत, चलचित्रमा नै म आफ्नो भविष्य बनाउँछु भन्ने सोचेको थिइनँ । केही समय चलचित्रमा काम गर्छु अनि केही न केही गर्छु भन्ने सोच पहिल्यैदेखि थियो । जसले गर्दा चलचित्र छाडेर यूरोपमा बस्न मलाई केही सजिलो भने भयो । तर, चलचित्रमा काम गर्दाको क्षण सधैं याद आउने गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu