नायक पल शाहविरुद्ध जबर्जस्ती करणी मुद्दा



नायक पल शाहविरुद्ध एक चर्चित गायिकाले प्रहरीमा जाहेरी दिएकी छन् । उनले बुधवार जबर्जस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर जाहेरी दर्ता गरेकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।

यसअघि पनि तिनै गायिकाले पलविरुद्ध उजुरी दिने तयारी गरेकी थिइन् । तर, उनले प्रहरीमा उजुरी दिन लागेको सूचना पाएपछि पल शाह उनलाई फकाउन पोखरा पुगेका थिए । त्यहाँ उनीहरुबीच सहमति भएको खबर बाहिर आएको थियो । तर, सोमवार अडियो रेकर्ड बाहिर आएपछि गायिकाले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । उजुरीमा कानून बमोजिम पल शाहलाई कडा सजायको माग गरिएको छ ।

एक अडियो रेकर्डमा ति गायिकाले विवाहको अड्डी कसेकी थिइन् भने महिला अधिकारकर्मी अर्को अडियो रेकर्डमा उनले पल शाहले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको, मायाको नाटक गरेर धोका दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् ।

नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौन सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्ने गर्छ । यसमा कडा सजायको व्यवस्था छ । उजुरी परेसँगै प्रहरीले पल शाहको खोजी सुरु गरेको जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu