‘चिसो एस्ट्रे’ को ट्रेलर सार्वजनिक



चैत ४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँको कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । दिन्स पाल्पालीले निर्देशन गरेको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिन्स पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित चलचित्र तयार गरेको जानकारी गराए । ‘शंकर लामिछानेले विम्ब प्रतिविम्ब भन्ने लेखमा भूपिका कविताका बारेमा लेख्ने क्रममा भन्नु भएको छ, भूपिको लेखनको प्रभाव यो पुस्तामा मात्र होइन आउँदा धेरै पुस्तामा देखिन्छ । अब त्यो पुस्तामा म पनि परेँ,’ दिन्सले भने । उनले चलचित्रमा आफूले गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने विषय उठाएको जानकारी गराए ।

दिन्स पाल्पालीकै लेखन रहेको चलचित्रमा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । चलचित्रको सह-निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu