पल शाह फरार, खोजीमा प्रहरी



बुधवार १७ वर्षिय नाबालिग गायिकाले जर्बजस्ती करणीको आरोपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि अभिनेता पल शाह भूमिगत भएका छन् । जिल्ला अदालत तनहुँबाट पलको नाममा पक्राउ पूर्जी जारी भइसकेको २४ घन्टा वितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । उनलाई पक्राउ गर्न नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा सर्कुलर जारी गरेको छ ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि तनहुँ प्रहरी कार्यालयले पल शाहलाई पक्राउ गर्न काठमाडौं महानगरीय प्रहरीसँग सहयोग मागेको थियो । अहिले प्रहरीले पलसँग नजिक रहेका व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै उनको फोन ट्यापिङमा राखेको छ । प्रहरीले खोजी कार्य तीव्र बनाइरहँदा पल शाहले भने बिहीवार विहान फेसबुकमा केही अडियो रेकर्डहरु सार्वजनिक गरेका थिए ।

बुधबार नाबालिक गायिकाका पिताले तनहुँ प्रहरी कार्यालयमा पल शाहविरुद्ध जाहेरी दिएका थिए । ती गायिका १८ वर्ष मुनीकी भएकाले उनका बुबाले जाहेरी दिएका हुन् । विवाह गर्ने प्रलोभन देखाएर पटक पटक जर्बजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । मुलुकी अपराध संहिता अनुसार १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu