पलविरुद्ध उजुरी दिएकी गायिका भन्छिन्, ‘म पीडामा छु, मेरो गल्ती छैन’



यसै बुधवार अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएकी १७ वर्षिय नाबालिग गायिकाले एक टेलिभिजन कार्यक्रममा आफूले फसाउन खोजेको भए सजाय भोग्न तयार रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘सत्यको अवश्य जीत हुन्छ । मैले उहाँलाई फसाउन खोजेको रैछु भने म सजाय भोग्न तयार छु । उहाँले अन्याय गर्नुभएको रहेछ भने सजाय हुनुपर्छ ।’

ती गायिकाले कसैले उक्साएरको भरमा आफू नउक्सिएको पनि स्पष्टिकरण दिएकी छन् । उनले अहिले आफू पीडामा रहेको र आफूले केही गल्ती नगरेको बताएकी छन् । आफूहरुको सम्बन्ध लुकाउन पल शाहले पटक-पटक दबाब दिएकाले मिडियामा आफूले सत्य कुरा लुकाएको पनि उनले अन्तर्वार्तामा भनेकी छन् । पल शाहले आफ्नो फिलिङग्ससँग खेलेको उनको आरोप छ ।

ती गायिकाले भनेकी छन्, ‘उहाँले मेरो परिवारलाई भेटेर विवाह गर्छु तर उजुरी नहाल्न आग्रह समेत गर्नुभएको थियो । उहाँले मलाई पनि ‘अब मिलेर जाऊँ, पब्लिकलाई हाम्रो राम्रोसँग विवाह भएको हो भनेर देखाऊँ, अहिले मलाई बचाउ’ भन्नुभएको थियो । मैले अन्धो भएर विश्वास गरेँ । तर, जब उहाँको स्वार्थ पूरा भयो अनि ‘तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु’ भन्नुभयो ।’

गायिकाले अगाडि भनेकी छन्, ‘मेरो परिवारकै अगाडि उहाँले हाम्रो सम्बन्ध स्वीकार्नु भएको छ । तर, पछि ‘प्रेग्नेन्ट भएको भए स्वीकार्थे, गर्लफ्रेन्ड-ब्वाईफ्रेन्डमा त भइहाल्छ नी’ भन्नुभयो । अहिले त्यो अडियो रेकर्डमा सुनेको आवाज ‘कसैले मेरो क्यारिकेचर गरेको हो’ भनेर भन्नुभएछ । यो कुराले म साह्रै दुःखी छु । उहाँको बानी नै यस्तै रहेछ । अहिले मलाई निकै गाह्रो भइरहेको छ ।’

पल शाहले बिहीवार फेसबुकमा सार्वजनिक गरेको अडियो रेकर्डको बारेमा पनि गायिकाले भनेकी छन्, ‘वास्तवमा पीडित म हो । कसैले उकासेर उक्कासिएको पनि होइन । मैले पीडा सहन नसकेर सहकर्मी साथीहरुलाई सबै कुरा भनेको थिएँ । त्यो कुरालाई रेकर्ड गरी इडिट गरेर मेरो कमी कमजोरीहरुलाई मात्र देखाउन खोजिएको छ । त्यहाँभित्र भएका वास्तविक कुरालाई लुकाइएको छ ।’

१७ वर्षिय नाबालिग गायिकाले प्रहरीमा जबरजस्ती करणीको आरोपमा जाहेरी दिएपछि अभिनेता पल शाह भने फरार छन् । तनुहँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको ४८ घन्टा वितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । यतिबेला प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्नुका साथै निरन्तर उनको फोन ट्यापिङमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu