मुस्ताङमा ‘लाखे’ को क्लाइमेक्स खिचिँदै



चलचित्र ‘लाखे’ युनिट मुस्ताङ पुगेको छ । चलचित्रको क्लाइमेक्स छायांकनका लागि निर्माण युनिट केही दिन अगाडि मुस्ताङ पुगेको हो । मुस्ताङको कागबेनीलगायत विभिन्न मनोरम दृश्य समेटिने गरेर चलचित्रको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । उनले भने, ‘चलचित्रको क्लाइमेक्स कसैले नसोचेको विषेश छ । त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौ ।’

सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पुगिसकेका छन् भने अभिनेत्री बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत भने केही दिनमा पुग्दैछन् । सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ को काठमाडौँपछि मुस्ताङमा छायांकन भएको हो ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । चलचित्रको नाम ‘लाखे’ भए पनि लाखे नाच परम्परामाथि चलचित्र पूरै नसमेटिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu