‘लप्पन छप्पन २’को प्रचारका लागि नेपाल आउँदै शक्ति



काठमाडौं। चलचित्र ‘लप्पन छप्पन २’को प्रदर्शन मिति नजिकिएसँगै अस्ट्रेलियामा रहेका कलाकार शक्ति श्रेष्ठ प्रचारका लागि नेपाल आउने भएका छन् । रिलिजकै लागि उनि अस्ट्रेलिया देखि नेपाल आउन लागेका कारण उनले यो चलचित्रबाट ठुलो आशा राखेको बुझिएको छ ।

यो चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा लगाएतका स्टारहरुसँग शक्तिले अभिनय गरेका छन् । ट्रेलरमा शक्तिलाई विशेष स्थान नदिए पनि उनले प्रचारमा भने समय दिन लागेका हुन् ।

शक्तिले आफ्नै बाबु अभिनेता शिव श्रेष्ठले बनाएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्रमा डेब्यु गरेका थिए । अभिनेत्री करिष्मा मानन्धरकी छोरी कवितासँग स्क्रिन सेयर गरेका थिए । त्यसबखत शक्तिले फिल्ममा आशा गरे अनुसार फिल्म निर्माण नभएकाले प्रदर्शनका बेला सामाजिक सन्जालमा समेत फिल्मको प्रचार गरेका थिएनन् ।

कोरोना कहर अगाडी नै निर्माण भएर प्रदर्शन रोकिएको ‘लप्पन छप्पन २’को निर्देशन मुकुन्द भट्टले गरेका हुन् । आगामी हप्ता यो चलचित्र रिलीज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu