पल शाहविरुद्ध नवलपरासीमा पनि किटानी जाहेरी



नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाहविरुद्ध नवलपरासीमा पनि किटानी जाहेरी परेको छ । पीडितका बुवाले आइतबार नवलपरासीको गैडाकोट प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । प्रहरीमा दर्ता गराइएको जाहेरी पत्रमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

पलले चितवन र नवलपरासीमा पनि नाबालिगलाई बलात्कार गरेको आरोप जाहेरीमा छ । जाहेरी दिने पीडितका बुबाले छोरीमाथि पलले जबरजस्ती मादक पदार्थ सेवन गराएर बलात्कार गरेको उल्लेख गरेका छन् । गैंडाकोटकी प्रहरीका अनुसार निवेदन दर्ता गराउन किशोरी र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए ।

उनै, पीडितले बुधवार तनहुँको प्रहरी कार्यालयमा पलविरुद्ध जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी थिइन् । पीडितले जबरजस्ती करणीको कसूरमा जाहेरी दिएपछि अभिनेता शाह फरार थिए । तनहुँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि बुधवारदेखि प्रहरी उनको खोजीमा थियो । अन्ततः तीनदेखि फरार रहेका शाहले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu