एक नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो ।

आइतवार आत्मसमर्पण गरेपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । फागुन ११ गते तनहुँ प्रहरी कार्यालयमा जबर्जस्ती करणीको कसूरमा जाहेरी परेपछि पल शाह फरार थिए । आइतवार उनी प्रहरीसामु उपस्थित भएका हुन् ।
आइतवार नै पल शाहविरुद्ध उनै नाबालिग गायिकाले नवलपरासीको गैंडाकोट प्रहरी कार्यालयमा पनि जबर्जस्ती करणीको मुद्धामा किटानी जाहेरी दिएकी छन् । प्रहरीमा दर्ता गराएको जाहेरीमा २०७७ चैत ७ गते गैंडाकोट रिसोर्टमा जबर्जस्ती मदिरा सेवन गर्न लगाएर पटक-पटक करणी गरेको आरोप शाहमाथि लगाइएको छ ।


