‘म यस्तो गीत गाउँछु २’ को गीतमा पल पक्राउ परेको दृश्य



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा समावेश ‘पीडा भएनी’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको कथा बोल्ने यो गीतमा अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत र दिग्गज धौरालीको शब्द छ ।

यो गीतको भिडियोमा नायिका पूजा शर्मा फिचरिङ छिन् । चलचित्रमा छाया पात्रको भूमिकामा देखिएकी पूजालाई स्टेजमा भावुक गीत गाइरहेको देख्न सकिन्छ । चलचित्रको गीतमा नायक पल शाहलाई भने प्रहरीले पक्राउ गरेको देखाइएको छ । वास्तविक जीवनमा पनि पल अहिले जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको पनि अभिनय छ । अहिले चलचित्रले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । यो गीतले चलचित्रको व्यापारमा मद्दत पुग्ने विश्वास निर्माणपक्षको छ ।

पुजा शर्मा र सुदर्शन थापाको निर्माणमा तयार भएको चलचित्रमा जन्म जय साम्पाङ राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा तथा संवाद, सौरभ लामाको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu