नाबालिग गायिकाको पक्षमा बोले रेखा, ऋचा र विनिता



जबर्जस्ती करणीको आरोपमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह र जाहेरी दिने नाबालिग गायिकाको विषयमा यतिबेला विभिन्न खाले टिका-टिप्पणी भइरहेको छ । ठूलो भीडले पलको समर्थन गरेको छ भने आंशिकले पीडित नाबालिगको पक्षमा बोलेका छन् । यसैक्रममा, अभिनेत्री तय रेखा थापा, ऋचा शर्मा र विनिता बरालले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो धारणा राखेका छन् ।

अभिनेत्री रेखा थापाले घुमाउरो रुपमा गायिकालाई समर्थन गर्दै फेसबुकमा लेखेकी छन्, ‘२० बर्षभन्दा मुनिका बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो ।’ कोसँग लभ छ ? र कति पटक यौन सम्पर्क भयो ? भन्ने नैतिकताबादी कुराको कानुनलाई मतलब नहुने उनले बताएकी छन् ।

त्यस्तै, अभिनेत्री ऋचा शर्माले पनि फेसबुकमा स्टाटस लेख्दै नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न नहुने बताएकी छन् । कानुनले नाबालिगको संरक्षण गर्नुपर्ने उनको तर्क छ । नाबालिगकै करमा यौन सम्बन्ध राखेको भएपनि त्यो बलात्कार हुने र उसैले बोलाएको भनेर कानुनले कसैलाई छुट नदिने उनले फेसबुकमा उल्लेख गरेकी छन् ।

हाल अमेरिकामा रहेकी अभिनेत्री विनिता बरालले ललाई(फकाई गर्ने छोरो मान्छेको नजरबाट आफ्ना छोरीहरुलाई कसरी बचाउने भनेर प्रश्न उठाएकी छन् । उनी लेख्छिन्, ‘म पनि सधै उस्तै त्रासमा बाँच्ने दुईवटा छोरीहरुकी आमा हुँदैछु । कसरी जोगाउने यी नानीहरुलाई ? कस्तो शिक्षा दिए आफूलाई बचाउन सक्नेछन् ? कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतनसँग राख्न सक्लान् ?’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu