भदौ २४ मा सौगात र सृष्टिको ‘द सिक्रेट अफ राधा’



सुवर्ण थापाको निर्देशनमा तयार भएको चलचित्र ‘द सिक्रेट अफ राधा’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी भदौ २४ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ ।

दोस्रो लकडाउनअघि पालुङ आसपासमा छायांकन भएको चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ ।

चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेतलाई पनि विशेष भूमिकामा देख्न पाइने निर्माण टिमको जनाएको छ । चलचित्रलाई निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् ।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu