‘बाबरी’ ले तोक्यो भदौ ३१ लाई प्रदर्शन मिति



सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘बाबरी’ को रिलिज मिति घोषणा गरिएको छ । धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको चलचित्र आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउनेछ । मंगलबार महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले ‘बाबरी’को एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा मुख्य तीन पात्रको क्यारेक्टर नाम पनि चिनाइएको छ । चलचित्रमा अदिति ‘विजेता’, धिरज ‘बिक्रान्त’ र धिरज ‘रोनिश’ बनेका छन् । बाबरी फिल्मस्को प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रकोे कथा निर्देशक पौडेलले लेखका हुन् । पुष्पा अधिकारी निर्माता रहेको चलचित्रको सह-निर्मातामा सुष्मा गुरुङ छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा चलचित्रको छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् । धिरज नाडकर, नेपाली चलचित्रकी पुरानी अभिनेत्री तृप्ती नाडकरका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu